अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका केपी ओलीको मनोनयन दर्ता

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका केपी ओलीको मनोनयन दर्ता


काठमाडौं-नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ। एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ। 

केपी ओलीले सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो। यसैगरी वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले पनि मनोनयन दर्ता गर्नुभएको छ। यो सँगै एमालेका वर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा हुने निश्चित भएको छ।

११औँ महाधिवेशनमा भेला भएका २ हजार २६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन्।

निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम रहेका छन् ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशन २०८२ मंसिर २७ गतेदेखि जारी रहेको छ।

एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भोलि (पुस १ गते) निर्वाचन हुने कार्यतालिका रहेको छ।

यस्तो छ संस्थापन पक्षको टिम

अध्यक्ष: केपी शर्मा ओली

उपाध्यक्ष

विष्णु पौडेल
रामबहादुर थापा (बादल)
गुरु बराल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरूङ

महासचिव: शंकर पोखरेल

उपमहासचिव

विष्णु रिमाल
भानुभक्त ढकाल
रघुवीर महासेठ

सचिव

पद्मा अर्याल
लेखराज भट्ट
छविलाल विश्वकर्मा
शेरधन राई
हिम्मत कार्की
डा. राजन भट्टराई
खगराज अधिकारी
यामलाल कँडेल
महेश बस्नेत