अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको संरक्षण गर्नु सिंगो पार्टीको दायित्व हो: रामकुमारी झाँक्री

केपी ओलीको संरक्षण गर्नु सिंगो पार्टीको दायित्व हो: रामकुमारी झाँक्री


काठमाडौं-नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ।

सोमबार एमालेको ११औं राष्ट्रिय महाधिवेशन स्थल काठमाडौँको भृकुटीमण्डपमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनु भएको हो। 

केपी ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाइ थियो ।

नेतृ झाँक्रीले जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पार्नुभयो ।

नेतृ झाँक्रीले भन्नुभयो, ‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ। जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन्। यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं।’