काठमाडौँ- नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ता गराउनुभएको छ।
केपी ओलीले काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो। अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका केपी ओलीको प्रस्तावकमा रामबहादुर थापा ‘बादल’ र समर्थकमा विष्णु पौडेल रहेका छन्।
एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।
यस्तो छ संस्थापन पक्षको टिम
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा (बादल)
गुरु बराल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरूङ
महासचिव: शंकर पोखरेल
उपमहासचिव
विष्णु रिमाल
भानुभक्त ढकाल
रघुवीर महासेठ
सचिव
पद्मा अर्याल
लेखराज भट्ट
छविलाल विश्वकर्मा
शेरधन राई
हिम्मत कार्की
डा. राजन भट्टराई
खगराज अधिकारी
यामलाल कँडेल
महेश बस्नेत













प्रतिक्रिया