काठमाडौँ-नेकपा (एमाले)ले ११ औं महाधिवेशनको मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि सोमबार साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि फाराम बुझाउने समय तोकिएकामा सो समय बढाएर ५ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको छ।
यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली बेलुका ६ बजे प्रकाशन गरिनेछ भने अन्तिम नामावली प्रकाशन राति साढे ८ बजे हुनेछ। त्यसपछि मंगलबार बिहान १२ देखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी कार्यतालिका संशेधन गरिएको केन्द्रीय निर्वाचनले जानकारी दिए ।








प्रतिक्रिया