काठमाडौं-नेकपा एमालेको जारी ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार (किसान) श्रेष्ठले आआफनो उम्मेदवारी दर्ता गराउनुभएको छ।
काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा पुगेर दुवैजनाले आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

एघारौँ महाधिवेशनमा नेतृ झाँक्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो। उम्मेदवाी दर्तापछि झाँक्रीले भन्नुभयो, ‘पार्टीले दिने जुनसुकै मोर्चाको जोखिमपूर्ण जिम्मेवारी लिन सधैँ तयार छु/छौं। मेरा पछिल्ला दिनहरू अत्यन्तै रोमाञ्चक, अविस्मरणीय छन्। नयाँ पुराना सबै कमरेडहरूसँगको एक प्रकारको पुर्नमिलन छ। सबैको माया, स्नेह र भरोसा देख्दा लाग्छ बास्तवमै मैले धेरै कुरा मिस गरेको रहेछु। यहाँहरूको माया र भरोसा त पाएकै छु। अब विश्वास पनि दिनुहुने नै छ भन्ने आशा मैले लिएको छु। त्यो विश्वास केन्द्रीय सदस्यको लागि मलाई दिने तपाईको अमूल्य मत हो, अवश्य दिनुहुन्छ भन्ने विश्वास ब्यक्त गर्दछु।’







प्रतिक्रिया