काठमाडौं-नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो।
डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ। नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ।
समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने नेपाल आयल निगमले जनाएको छ ।








प्रतिक्रिया