अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय लेखा आयोगमा डा. कँडेल निर्विरोध

एमालेको केन्द्रीय लेखा आयोगमा डा. कँडेल निर्विरोध


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय लेखा आयोग अध्यक्षमा डा.पुष्पराज कँडेल निर्विरोध भएका छन्। सोमबार मनोनयन दर्ता हुँदा उनको एकल उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगले कँडेल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ । 

यस्तै उपाध्यक्षमा घनेन्द्र राज घिमिरे तथा सचिवमा ईश्वरी प्रसाद खरेलको एकल उम्मेदवारी परेको छ। २२ जना निर्वाचित हुने सदस्य पदमा भने ३७ जनाको उम्मेदवारी परेको छ।