अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

एमाले महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

अध्यक्षमा २, उपाध्यक्षमा १०, महासचिवमा २, उपमहासचिवमा ७, सचिवमा २० जना


काठमाडौँ-नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक भएको छ हाे।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ। यसैगरी १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ। यस्तै ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ। ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।