काठमाडौँ-नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिनुभएको छ।
पार्टी निर्माण, आन्दोलनको निरन्तरता र मूल नेतृत्वको रक्षा गर्ने सवालमा सदैव चट्टानी अडानका साथ उभिँदै आएका शंकर पोखरेलको सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले विशेष चासोका साथ लिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरिएको स्ट्याटसमा पोखरेलले भन्नुभएको छ, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ।’
सन्देशमार्फत नेता पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गर्नुभएको छ। पोखरेलले एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने स्पष्ट संकेत गरेका छन्।
निर्वाचनको निर्णायक क्षणमा आएको यस सन्देशलाई एमालेभित्र संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र मूल नेतृत्वप्रतिको भरोसाको प्रतीकका रूपमा हेरिएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गर्नुभएको थियाे ।







प्रतिक्रिया