काठमाडौं-प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ। पूर्वाधार विज्ञको रुपमा चिनिएका थापाले एमालेको ११ औँ महाधिवेसनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएकाे हाे ।
आफ्नो उम्मेदवारी स्वच्छ, पेसागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उहाँको जोड छ।

डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्। थापा सिँचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनीसँग थुप्रै उदाहरणीय काम सम्पन्न गरेको अनुभव छ।
डा.थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन्। उहाँले अनेरास्ववियुको नेतृत्व तहमा रहेरसमेत काम गरिसक्नुभएको छ। डा. थापाले देशलाई इमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताउनुभयो।







प्रतिक्रिया