अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान अपरान्ह ४ बजेदेखि

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान अपरान्ह ४ बजेदेखि


काठमाडौं-नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदानको समय सारिएको छ ।

महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा हुने मतदानको समय अपरान्ह ४ बजेका लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान हुनेछ ।

भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।

एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एकदुई घण्टाभित्र परिणाम सार्वजनिक हुनेछ ।