काठमाडौं-नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरू हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो।
एमाले निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाले दिएकाे जानकारीअनुसार आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म मतदान चल्ने छ। ‘आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म मतदानका लागि समय निर्धारण गरेका छौं, समय अभाव भए पुन: थप गरिन्छ,’ उहाँले भन्नुभयाे।
एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।







प्रतिक्रिया