काठमाडौँ-नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ८ बजे निर्वाचन हुने भएको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान भोलि (बुधवार) बिहान ८ बजेदेखि सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी दिनुभयाे।
‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ नेता पोखरेलले भन्नुभयाे, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं। त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ।’
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्।







प्रतिक्रिया