काठमाडौं -नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सुदुरपश्चिमको भूगोलबाट कमला ओली केन्द्रीय सदस्यको प्रतिष्पर्धामा छिन् । ओली दोस्रो पटक पार्टीको केन्द्रीय सदस्य हुदैछिन् ।
राष्ट्रियसभाकी पूर्व सदस्य ओली मिलनसार र कार्यकर्ताका बीचमा प्रिय नेता हुन् । पार्टीले दिएको जिम्मेवारी कुशलतापूवर्क निवार्ह गर्ने उनको शैली छ । पार्टीले उनलाई कैलाली क्षेत्र नं २ को इन्चार्जको जिम्मेवारी दिएको थियो । ‘पार्टी काममा म निरन्तर छु । केन्द्रले दिएको जिम्मेवारी र कार्यकर्ताले दिएको दायित्व निर्वाह गर्ने क्रममा कहिंकतै चुकेको छैन’ ओली भन्छिन् ‘पार्टीलाई आम जनताका बीच लोकप्रिय बनाउन मेरो भूमिका सधैं रहिरनेछ ।’
ओलीलाई एमालेले २०७४ मा राष्ट्रियसभाको सदस्य बनायो । दुईवर्ष उक्त जिम्मेवारी उनले कुशलतापूवर्क निवार्ह गरिन् । राष्ट्रियसभामा हुँदा उनले कानुन निर्माणका क्षेत्रमा सक्रियतापूर्वक काम गरिन् । केन्द्रीय सदस्य हुनुभन्दा पहिला उनी पार्टीको प्रदेश कमिटी सदस्य थिइन् । उनलाई २०७९ को निर्वाचनमा कैलाली क्षेत्र नं २ को १ मा एमालेले उम्मेद्वार बनाएको थियो । ६ दलीय गठबन्धन भएकोले केही मतको अन्तरले उनी पराजित भइन् । तथापी जनताको काममा उनको सत्रmियता घटेको छैन । ‘मलाई पार्टीले पाँच वर्ष जनताको सेवा गर्न पठाएको हो’ ओली भन्छिन् ‘मैले जिते पनि हारे पनि निर्वाचन क्षेत्र छोडेको छैन । जनताका समस्या समाधानका निरन्तर खटिरहेकी छु ।’
पार्टीले विश्वास गरेर अहिले पुन अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा अटाएपछि उनी खुशी छिन् । आफूले सधैं नेतृत्वको रक्षा र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्न लागिपरेको उनको भनाइ छ । ‘पार्टीलाई अराजकताबाट जोगाउनु छ । यसका लागि मुल नेतृत्वलाई सबैले साथ दिनु पर्दछ’ ओली भन्छिन् ‘अराजकतालाई अनुशासनले जित्यो भने पार्टीप्रति जनताको आकर्षण बढ्छ ।’
केन्द्रीय सदस्यमा आफूलाई मत हाल्न अनुरोध गर्दै ओली भन्छिन् ‘पार्टीको आन्तरिक एकता मजबुद बनाउनु पर्दछ । केन्द्रीय सदस्यमा बिजयी भएपछि पनि जनतासँग अझ घुलमिल भएर काम गर्ने मेरो प्रतिवद्धतामा कुनै कमी आउदैन ।’







प्रतिक्रिया