काठमाडौं-ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाउँदैछ। बुधबार ललितपुर महानगरपालिकाले १०७ औं स्थापना दिवस मनाउन लागेको हो।
ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ।
विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो।
त्यस्तै, विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो।
हाल महानगरप्रमुख चिरीबाबु महर्जन रहेका छन्। महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्य रूपमा मनाउन लागेको हो ।







प्रतिक्रिया