काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसालेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान केपी ओली र पोखरेलले छुट्टाछुट्टै विद्युतीय मतपेटिका प्रयोग गरेर आफ्नो मत खसालेका हुन् । केपी ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बरको मतपेटिकामा तोकिएको क्लस्टरअनुसार मत खसाल्नुभयो।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज दिनभर मतदान हुने बताइएको छ । निर्वाचनमा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् ।







प्रतिक्रिया