अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले फुटोस् भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला

एमाले फुटोस् भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला


काठमाडाैँ-नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताउनुभएको छ। बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बर्तौलाले नेकपा एमाले अहिले पनि जनताको प्रिय पार्टी भएको दाबी गर्दै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताउनुभयो ।

मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताउनुभयाे । नेता बर्तौलाले राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकतावद्ध हुने बताउनुभयाे । निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने उहाँले बताउनुभयाे ।

जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्ने नेता बर्तौलाले बताउनुभयो । उहाँले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरुको चाहना कहिल्यै पूरा नहुने बताउनुभयो।