काठमाडौं-काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा अहिले सम्म ३८० मत खसेको छ।
भोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो।
एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।
जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन्।







प्रतिक्रिया