काठमाडौं-नेकपा एमाले एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरेको मतदानमा अहिलेसम्म ४ सय मत खसेको छ।आज बिहान ९ बजेदेखि ई–भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ।एमाले महाधिवेशनमा १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ आयोगका लागि मतदान भइरहेको हो। महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।
सबैभन्दा पहिला अध्यक्षका उमेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गर्नुभएको थियो। त्यसपछि पदाधिकारीका उमेदवारले मतदान गरेका थिए।
मतदान गर्नका लागि महाधिवेशन प्रतिनिधिहरू लाम्बद्ध छन्। नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन्।
यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुने छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। दुवै प्यानलबाट गरेर करिब ६ सय ५० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य एमालेको छ।







प्रतिक्रिया