काठमाडौं-नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४१५ मत खसेको छ। नयाँ नेतृत्व छनोटका लागि राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४१५ मत खसेको हो ।
जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ। आज बिहान ९ बजेर २० मिनेटमा सुरु भएको थियो।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उमेदवार प्रतिस्पर्धामा छन्। दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै, महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन्।
आज राति १० बजेसम्म मतदान सकिने आकलन गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। मतदान सकिए लगत्तै मतगणना हुने आयोगले जनाएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेकाले गणनामा भने समय नलाग्ने आयोगको भनाइ छ।







प्रतिक्रिया