अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: अहिलेसम्म खस्यो ११ सय मत

एमाले महाधिवेशन: अहिलेसम्म खस्यो ११ सय मत


काठमाडौं-नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ११ सय मत खसेको छ। रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा ११ सय प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिनुभयाे ।

साँझ ७ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरेको उहाँको भनाइ छ। एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन्। एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।