अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सकियो एमालेको मतदान, ३६ भोट खसेन

सकियो एमालेको मतदान, ३६ भोट खसेन


काठमाडौँ-नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो।

एमालेका कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ। 

मत गणना सुरू हुन कम्तीमा १० बज्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।