अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनः यी हुन् मतदान नगर्ने प्रतिनिधि

एमाले महाधिवेशनः यी हुन् मतदान नगर्ने प्रतिनिधि


काठमाडौं-नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। पुस ३ गते बुधबार बिहान ९ बजेदेखि सुरू भएको मतदान बिहीबार बिहान सवा ७ बजे सम्पन्न भएको हो।

महाधिवेशनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकामा २ हजार २२७ जनाले मतदान गरेका छन्। ३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।

केही प्रतिनिधि स्वास्थ्य र विविध कारणले अनुपस्थित रहे। झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी अनुपस्थित रहे। त्‍यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी,  सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थिथि रहे।

केन्द्रीय सदस्य बसन्त नम्वाङ पनि मतदानमा उपस्थित भएनन्। उनी बिरामी परेका कारण मतदानमा उपस्थित नभएको उनीनिकट प्रतिनिधिहरूले जनाएका छन्। यसअघि केन्द्रीय सदस्यहरू रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले पनि मतदान गरेनन्।

अनुशासन आयोगको पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीप प्याकुरेल उपस्थित भएनन्।

समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले पनि मतदान गरेनन्। 

मतदान नगर्नेको नामावाली :

केन्द्रीय कमिटीबाट

मुकुन्द न्यौपाने

बसन्त नेम्वाङ

बालकृष्ण काउछामगर

ब्रिजेश गुप्ता

राजकुमार गुप्ता

हरिबहादुर राजवंशी

अनुशासन आयोग

पोष्ट कुमार नेपाल

सरस्वती गौतम

सतिलाल राजवंशी

प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)

निर्वाचन आयोग

समिर नेपाल

रचना राजोपाध्याय

लेखा आयोग

अशोक केसी

विभाग

घनश्याम कोइराला

सन्जीव रोकाहा

००००

कृष्णमाया भुजेल– झापा

लक्ष्मी यादव– बारा

शत्रुधन प्रसाद सिंह– सिरहा

राजेन्द्र प्रसाद यादव– पर्सा

अंशु आनन्द– पर्सा

मनोज कुमार गुप्ता– पर्सा

विजय कापर– सप्तरी

जितेन्द्र चौधरी– महोत्तरी

सिर्जना नेपाली (प्रवास)

अशिम कोइराला (प्रवास)

दिनेश बास्तोला (प्रवास)

बालुका बेलबासे (प्रवास)

गिरिराज बेलबासे (प्रवास)

मिना पोखरेल (प्रवास)

राजेन्द्र अर्याल (गुल्मी)

तेजकुमार बिक

पल्वराज भट्ट (कन्चनपुर)

तिलक रिजाल (दैलेख)

गोमा नेपाली (कालीकोट)

दानबहादुर बिक

बब्लु शिवाकोटी