अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: निर्वाचनको मतगणना सुरु

एमाले महाधिवेशन: निर्वाचनको मतगणना सुरु


काठमाडौं-नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाले मतगणना सुरु भएको जानकारी दिनुभयाे। 

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ।

यसरी हुँदैछ मतगणना

– हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का गर्ने

– प्रतिनिधि र मत संख्या ट्याली गर्ने ।

– मत संख्या मिलेपछि मेसिन लक गर्ने ।

– मेसिनबाट चिप्स निकालेर अलगअलग खाममा खामबन्दी गर्ने ।

– कलेक्सन भएका सबै खामहरुलाई फेरि एउटै खाममा नम्बरिङ गरेर प्याकिङ गर्ने

– उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिकहरु र निर्वाचन आयोगका प्रतिनिधिहरुको रोहबरमा मतगणा प्रारम्भ गर्ने

– मतपरिणाम घोषणा गर्ने

मत मत परिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ। यसपटक एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।