काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ। प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै केपी ओली लगातार तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन्। केपी ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए। दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।
यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए।
यस्तो बन्यो टिम :
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव
शंकर पोखरेल
उपमहासचिव
रघुवीर महासेठ
लेखराज भट्ट
योगेश भट्टराई
सचिव
छविलाल विश्वकर्मा
भानुभक्त ढकाल
पद्मा अर्याल
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
शेरधन राई
हिक्मत कार्की
महेश बस्नेत







प्रतिक्रिया