काठमाडौं-नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा सबैभन्दा कम उमेरका २ जना युवा महिलाले जितेका छन्। ३० वर्षमुनिका अस्मिता थापा र एलिसा गौतम लोकप्रिय मतसहित निर्वाचित भएका हुन्।
दुवैजना खुला महिला क्लस्टरबाट उम्मेदवार भएकामा थापाले सर्वाधिक १८५९ मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी गौतमले १८१२ मत ल्याएर विजयी हुनुभएको हो ।
अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष समेत हुन् भने एलिसा इन्जिनियर हुन् । यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध भइसकेका थिए ।







प्रतिक्रिया