काठमाडौं-नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा लगातार तेस्राेपटक पुन: निर्वाचित केपी शर्मा ओलीले शपथ लिँदै हुनुहुन्छ । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएका ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो ।
अध्यक्षमा निर्वाचित भएका केपी ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन्। शपथ अघि महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले ओलीसहित निर्वाचित पदाधिकारीलाई नेता, कार्यकर्ताले माला तथा खादा लगाएर बधाई दिइरहेका छन् ।
पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै खादा ओढाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि उहाँले अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराउनुहुने छ।
१९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन्। केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।







प्रतिक्रिया