अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औं महाधिवेशन

महासचिव हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

महासचिव हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित


काठमाडौं–नेकपा एमालेको महासचिवमा पराजित भएका नेता सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि हारेका छन्। एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा महासचिवमा शंकर पोखरेलसँग पराजित भएका नेता पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन्।

एमालेको ११औं महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका थिए। बिहीबार भृकुटीमण्डपमा सम्पन्न महाविधेशनबाट पोखरेल महासचिवमा विजयी हुनुभएको हो। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गर्नुभयो।

एमालेमा पदाधिकारी लड्ने नेता केन्द्रीय सदस्यमा पनि उम्मेदवार हुने प्रावधान छ । तर पाण्ड भने केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् ।