अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू (नामावलीसहित)

यी हुन् एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू (नामावलीसहित)


काठमाडौँ-नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ। शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन सम्पन्न भएको हाे।

एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली निर्वाचित हुनुभएकाे छ। उहाँले १ हजार ६६३ मत पाए भने प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र पाउनुभयाे। एमाले एघारौँ महाधिवेशनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् । 

त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त निर्वाचित भएका छन्।

महासचिवमा शंकर पोखरेल फेरि निर्वाचित हुनुएकाे छ। पोखरेलले १ हजार २२८ मत पाए भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका थिए।

यसैगरी, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। यस्तै सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। 

यससँगै एमालेको महाधिवेशनले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्य पनि निर्वाचित गरेको छ। 

एमालेको एघारौँ महाधिवेशनमा कसले कति मत पाए ?