काठमाडौं- नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक १९२३ मत पाएर विजयी हुन् । ढकाल यस अघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।
उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।
राजनीति र विकासका मुद्दालाई प्रखर रुपमा उठाउदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन् । झण्डै ३लाख मानिसको बसोबास भएको सहरको सरकार प्रमुख भएर पनि पार्टीले खटाएको ठाउँमा गएर काम सम्पन्न गर्ने र संगठन बिस्तारमा उनले योगदान गरेकी छिन् । कानुनमा एलएलबि र राजनीति शास्त्रमा स्नातकोतर गरेकी ढकाललाई स्थानिय राजनीतिज्ञले कर्णालीको राजनिती आाकासमा उदाउँदो ताराको रुपमा व्याख्या गर्ने गरेका छन्







प्रतिक्रिया