अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले फुट्छ भनेर धूप हाल्नेहरू सफल हुँदैनन्: केपी ओली

एमाले फुट्छ भनेर धूप हाल्नेहरू सफल हुँदैनन्: केपी ओली


काठमाडौं-नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सकिने पार्टी नभई जीवन्त र अजम्बरी पार्टी भएको स्पष्ट पार्नुभएकाे छ।

 एमालेको ११औँ महाधिवेशनपछि आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले साे बताउनुभएकाे हाे।

नवनिर्वाचित अध्यक्ष ओलीले एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको छ। नेकपा एमाले सकिने पार्टी होइन, यो एक जीवन्त र अजम्बरी पार्टी हो।’

नवनिर्वाचित अध्यक्ष ओलीले पार्टी फुटाउने षड्यन्त्र भए पनि सफल नहुने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘हाम्रो पार्टीमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा छैन। धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर कोसिस गर्दै धूप हालिरहेका थिए, तीनको धूप खेर जान्छ, तर नेकपा एमाले अझै मजबुत भएर जान्छ।’