अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै


काठमाडौं-नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शुक्रबार) बस्दैछ।

बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेbगरी बोलाइएको पार्टीका नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिनुभयाे ।

हिजो बिहीबार सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।