अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगे एमाले नेता

११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगे एमाले नेता


काठमाडौँ-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा सहभागी हुन नेताहरू काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थलमा पुगेका छन्। शुक्रबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक दिउँसो २ बजे बस्न लागेको हो।

पुस ३ गते  बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ। ११ औं महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका साङ्गठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।  बैठक २ बजेदेखि सुरु हुने जनाइएको छ।