काठमाडौँ- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो सुरू भएको छ। बैठक काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा केहीबेर अघि मात्र सुरु भएको हो।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ।
२०८२ मंसीर २७ गते शनिबारदेखि सुरु भएको २०८२ पुस ३ गते बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ। ११ औं महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिन्छ। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका साङ्गठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्व र केन्द्रीय संरचनासँगै पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न थप सशक्त बनाउने दिशामा लैजान बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने एमालेले जनाएको छ।








प्रतिक्रिया