अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीको निर्देशन: असन्तुष्टि र गुनासा मिडियामा होइन, नेतृत्व समक्ष राख्नहाेस्

केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीको निर्देशन: असन्तुष्टि र गुनासा मिडियामा होइन, नेतृत्व समक्ष राख्नहाेस्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकको अनुशासनबारे ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय सदस्यहरुलाई बुझाउँदै पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नगर्न निर्देशन दिनुभएको छ।

शुक्रबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देशन दिनुभयो । उहाँले अनुशासनमा बस्न र सामाजिक अनुशासन कायम गर्न पार्टीका नेतालाई निर्देशन दिनुभयाे ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले आफ्ना कुरा राख्न पाउने भए पनि ती कुरा नीति निर्णय भन्दाविपरीत सामूहिक हित र राष्ट्रिय स्वार्थबाहेक नबोल्न ओलीले निर्देशन दिनुभयाे ।