अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनसँगै प्यानल र गुट सकियाे: केपी ओली

महाधिवेशनसँगै प्यानल र गुट सकियाे: केपी ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन सकिएसँगै पार्टीभित्र गुट र प्यानल अन्त्य भइसकेको बताउनुभएको छ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएको हाे ।

अध्यक्ष ओलीले महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको बताउनुभयाे।

‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो,’ अध्यक्ष ओलीले भन्नुभयाे ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो-त्यो प्यानल छैन।’

अध्यक्ष ओलीले सानातिना कमजोरीहरू भएपनि ११औँ राष्ट्रिय महाधिवेशनलाई अनेक कोणबाट सफलताको महाधिवेशनको संज्ञा समेत दिनुभयाे । 

बहुआयामिक र सर्वपक्षीय सफलताका अगाडि रहेका सानातिना कमजोरी गौण हुने समेत अध्यक्ष ओलीले बताउनुभयाे।  एकताको भावना र नयाँ उचाइका साथ अगाडि बढ्नुपर्नेमा समेत अध्यक्ष ओलीले जाेड दिनुभयाे।