अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ सम्म बस्ने

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ सम्म बस्ने


काठमाडौं-नेकपा एमालेको अर्को केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा बस्ने  निर्णय गरेको छ। ११ औं महाधिवेशनपछि आज पहिलो पटक केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकको मितिसमेत तय गर्नुभएको हो ।

आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ।

उहाँले सम्बोधनकै क्रममा तीन सातापछि अर्को बैठक बस्ने बताउनुभयाे ।

महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।