काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताउनु भएको छ।
शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साँचो कम्युनिस्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरूले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताउनुभयाे।
अध्यक्ष ओलीले पार्टीको सामूहिक प्रयासबाट निकालिएका नीति विपरीत नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयाे। अध्यक्ष ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता, कार्यकर्तालाई निर्देश गर्नुभयाे।
अध्यक्ष ओलीले भन्नुभयाे,‘एमाले जस्तो साँचो कम्युनिस्ट पार्टी। यो झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन। यस्तो पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ। म भन्न चाहन्छु–हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ। हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्नो चिन्तन, आफ्ना विचार, आफ्ना निष्कर्षहरू निकाल्न पाउँछ। र योगदान गर्न पाउँछ।’






प्रतिक्रिया