अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रथम केन्द्रीय कमिटी बैठकका ५ एजेन्डा

एमाले प्रथम केन्द्रीय कमिटी बैठकका ५ एजेन्डा


काठमाडौं-नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकमा ५ वटा मुख्य एजेन्डा पेस गरिएको छ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गर्नुभएको थियो । त्यसपछि महासचिव शंकर पोखरेलले एजेन्डा पेस गर्नुभएको थियो।

जस अनुसार महाधिवेशनस्थलमा शपथग्रहण गर्न छुटेका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराइने एजेन्डा राखिएको छ।

त्यस्तै, विधान सम्पादन तथा प्रकाशनसम्बन्धी विषयमा छलफल हुने भएको छ। पार्टीभित्रको कार्यविभाजनका लागि केन्द्रीय सचिवालयलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि बैठकको प्रमुख एजेन्डामा समावेश छ।

यसबाहेक सल्लाहकार परिषद् गठनसम्बन्धी नीतिगत निर्णय गर्ने तथा केन्द्रीय कमिटीको दोस्रो बैठक आयोजना गर्ने मिति तोक्ने एजेन्डा समेत तय गरिएको छ।