अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा चिसो थप बढ्दै,हिजो भन्दा आज घट्यो तापक्रम

काठमाडौंमा चिसो थप बढ्दै,हिजो भन्दा आज घट्यो तापक्रम


काठमाडौं – काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा आज घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५.४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको हो।
शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो। हिजोभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम दशमलव २ डिग्री सेल्सियस घटेको हो। यसको अर्थ उपत्यकामा हिजो बिहानभन्दा आज थोरै भए पनि चिसो बढेको छ।

त्यसो त शनिबार बिहान ८.४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८.४५ बजे पुन मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा थप घट्ने सम्भावना हुन्छ।

सबैभन्दा कम तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा बढी तापक्रम अधिकतम तापक्रम हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८.४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५.४५ बजे मापन गरिन्छ।