काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न जाँदै हुनुहुन्छ।
सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका सभापति रवि लामिछानेले आज साँझ साढे ६ बजे बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेट गर्न लाग्नुभएको हो। प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो लामिछाने काठमाडौं आएका थिए ।







प्रतिक्रिया