काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज लगायतको संयुक्त बैठक बोलाउनुभएको छ।
प्रधाानमन्त्री कार्कीले आज (सोमबार) दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बाेलाउनुभएको हो।
‘प्रधानमन्त्रीसहितको उपस्थितिमा निर्वाचन आयुक्त, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्न लागिएको हो,’ स्रोतले भन्यो, ‘निर्वाचनको पछिल्लो तयारी, उपलब्धीबारे बैठकमा छलफल हुनेछ।’
निर्वाचन तयारीको विषयमा काम गरिरहेको आयोगले दलहरुको धारणा बुझ्ने र सुझाव लिने उद्देश्यले छलफल गर्न लागेको हो।







प्रतिक्रिया