काठमाडौं-आजबाट आन्दोलनको घोषणा गरेको मिराज ढुंगाना समूहका जेनजीले पत्रकारमाथि हातपात गरेका छन्।
माइतीघरमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रदर्शनमा उत्रिएका ढुंगाना समूहका जेनजीले कुटपिट गरेका हुन् । प्रदर्शनकारीले हातपात गरेपछि पत्रकारहरूले पनि प्रतिरोध गरेका थिए।
दुई पक्षीय झडप नै भएपछि प्रहरीले केही जेनजीलाई पक्राउ समेत गरेको छ। प्रदर्शनकारीको कुटपिटमा परेर एकजना पत्रकार घाइतेसमेत भएका छन् ।







प्रतिक्रिया