अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुन्छ: शेरधन राई

कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुन्छ: शेरधन राई


विराटनगर-नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले संविधानलाई लिकमा ल्याउनका लागि संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने बताउनुभएको छ। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव राईले सो कुरा बताउनुभएको हो।

सचिव राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरूबीच द्वन्द्व बढाउन लागिपरेको आरोप लगाउनु भयो। उहाँले निर्वाचन हुने अवस्था आए आफूहरू निर्वाचनका लागि तयार रहेको बताउनुभयो।

सचिव राइले कोशी प्रदेशको मन्त्रिमण्डल चाँडै पुनर्गठन गर्न लागिएको जानकारी दिनुभयो। राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभयो।

सचिव राइले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गर्नुभयो।

सचिव राईले एमालेको एघारौँ महाधिवेशनको क्रममा स्पष्ट दुई प्यानलमा नेतृत्वका लागि निर्वाचन भएको भए पनि पार्टी एक ढिक्का रहेको बताउनुभयो।