अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र सभापति देउवाबीच महाराजगन्जमा भेटवार्ता

अध्यक्ष ओली र सभापति देउवाबीच महाराजगन्जमा भेटवार्ता

तस्बिरहरू:


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि केपी ओली सभापति देउवालाई भेट्न उहाँकै निवास महाराजगञ्ज पुग्नुभएको हो।

देउवा निवास महाराजगन्जमा दुई नेताबी भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। भेटमा एमाले महासचिव शंकर पोखरेल र सभापति देउवा पत्नि आरजु राणा पनि सहभागि हुनुहुन्छ। दुवै नेताबीच भेटवार्ता भइरहेको छ। 

अध्यक्ष ओली देउवा निवास महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो। यसअघि २०८२ मंसिर १९ मा देउवालाई भेट्ने अध्यक्ष ओली महाराजगञ्ज पुगेका थिए। 

भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।