अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्य दलका शीर्ष नेतासँग निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

मुख्य दलका शीर्ष नेतासँग निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह


काठमाडौँ-नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न मुख्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। 

प्रधानमन्त्री कार्कीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको सर्वपक्षीय छलफलमा कांग्रेसका नेताले आग्रह गरेको हो। 

छलफलमा पार्टीका तर्फबाट सहभागी सहमहामन्त्री महेन्द्र यादवले छिटै शीर्ष नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री कार्कीलाई सुझाउनुभयाे । ‘प्रधानमन्त्रीलाई मेरो व्यक्तिगत र पार्टीको आग्रह छ, निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न मुख्य पार्टीका शीर्ष नेतासँग छलफल गर्नुस्,’ सहमहामन्त्री यादवले भन्नुभयाे, ‘एकले अर्कालाई निषेध नगरौँ । सहमतिमा अगाडि बढ्ने वातावरण निर्माण गरौँ ।’

उहाँले निर्वाचन गर्नका लागि पहिला वातावरण निर्माण गर्नुपर्ने र त्यो वातावरण निर्माण सरकारले गर्न नसकेको बताउनुभयाे ।