अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य हाल सम्मकै उच्च, तोलामा कति पुग्यो ?

सुनको मूल्य हाल सम्मकै उच्च, तोलामा कति पुग्यो ?


काठमाडौँ-नेपाली बजारमा आज पनि सुनचाँदीकाे मूल्य वृद्धि भएको छ। सुनको मूल्य एकैदिन ५५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो। सुनको यो मूल्य हालसम्मकै महँगो भएको महासंघले जनाएको छ। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।