अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौँ-नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बुधबार (भोलि) का लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।

बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

१५ औं महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ।