काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाउनुभएको छ। समसामयिक विषयमा छलफल गर्न गर्नका निम्ति राष्ट्रपति पौडेलले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई छलफलमा बोलाउनुभएको हो।
छलफल राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न ३ बजे हुनेछ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ।
तीन दलका शीर्ष नेतृत्व र राष्ट्रपतिबिच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।





प्रतिक्रिया