काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलकाे आह्वानमा तीन ठूला दलका नेता र प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठक सुरु भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल सुरु गरेको राष्ट्रपतिकाे सचिवालयले जानकारी दिएको हो ।
दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवास बोलाइएको छलफल केही बेर ढिला गरी सुरु भएको हो। छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताएको छैन ।
निकटस्थ स्रोतले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेको जानकारी दिएको छ।
कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसद् प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा प्रधानमन्त्रीसहित ती दलका शीर्ष नेतालाई राष्ट्रपतिले एकैठाउँमा राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।





प्रतिक्रिया